माथागढी गाउँपालिका र युनाईटेड मिसन अस्पतालको सम्युक्त आयोजनामा माथागढी वडा नं. ४ को झडेवा स्वास्थ्य चौकीमा घुम्ती मातृशिशु स्वास्थ्य क्लिनिकको शुभारम्भ भएको छ ।
माथागढी गाउँपालिकाका प्रबक्ता तथा स्वा.चौ.सन्चालन & ब्यवस्थापन समितिका अध्यक्ष शंकर थापा दर्लामीको अध्यक्षता,प्रमुख अतिथी माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, बिशिस्ट अतिथी युनाइटेड मिसन अस्पतालका डाईरेक्टर डा.रचेल कारकको उपस्थितिमा शुभारम्भ भएको छ ।
हरेक महिनाको १६ गते (बिदा परेमा पनि) संचालन हुनेगरी शुभारम्भ भएको घुम्ती क्लिनिकको आज पहिलो दिन झडेवा सहित आसपासका वडाबाट २३ जना गर्भवतीले सेवा लिनुभएको छ । शिबिर संचालनबाट स्वास्थ्यकर्मीमा सिकाई आदान प्रदान तथा गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको छ ।