माथागढीका ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई रिफ्रेसर तालिम

पाल्पा । माथागढी गाउँपालिकाको आयोजनामा माथागढी गाउँपालिकाको स्वास्थ्य संस्थाहरुमा कार्यरत ल्याब कर्मचारीहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यका साथ संचालन भएको ३ दिने जनस्वास्थ्य प्रयोगशाला(ल्याब) रिफ्रसर तालिम आज माथागढी गाउँपालिकामा सम्पन्न भएको छ।

माथागढी गाउँपालिकाको सबै स्वास्थ्य चौकीहरुबाट ल्याब सेवा दिदै आएकोले ल्याबका कर्मचारीहरुलाई गाउँपलिकाबाट यस्तो तालिम दिएको र तालिमले रोग निदान सहि ढंगले गर्नको लागि सहयोग पुरयाउनुको साथै नागरिकलाई गुणस्तरीय सेवा दिन सहयोग पुग्ने कुरा गाउँपालिकाको अध्यक्ष एवं तालिम समपान कार्यक्रमका प्रमुख अतिथी यम बहादुर चिदीले बताउनु भयो। समापन समारोहका अध्यक्ष एवं गाउँपालिकाका निमित्त प्रमुख प्रसाकिय अधिकृत नित्यानन्द खनालले जनस्वास्थ्य प्रयोगशाला(ल्याब) रिफ्रसर तालिम प्रवाधिक विषय भएकोले जतिबढि काम गर्न सक्यो त्यतिनै काममा निखारपन बढ्दै जाने बताउनु भयो ।
स्वास्थ्य शाखा संयोजक केशव बहादुर जि.सी.ले ल्याब सेवाले सामन्य ल्यावपरिक्षण गर्न विरामीहरुको शहरमा पुगेर खर्च गर्नु बाध्यतालाई हटाएको छ, गाउँपालिकाले जनस्वास्थ्य प्रयोगशाला(ल्याब) को लागि चाहिने सम्बन्धित स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउदै आएको स्वास्थ्य संस्थाहरुबाट निःशुल्क सेवा दिदै आएको कुरा बताउनु भयो ।

उक्त ३ दिन सम्म संचालन भएको तालिमको सहजिकरण स्वास्थ्य कार्यलय पाल्पाका ल्याब टेक्नेसिन अधिकृत मधुसुधन भट्टराई र नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय