पाल्पा – तानसेन नगरपालिका स्तरिय मेयर कप क्रिकेट प्रतियोगितामा वडा नं. ९, १२, ३ र १A सेमिफाईनलमा प्रवेश गरेका छन् ।
नगरपालिका स्तरिय मेयर कप क्रिकेट प्रतियोगितामा लिग चरणका खेल खेल्दै चार वटा वडाहरु सेमिफाईनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको लिग चरणमा चार समुहका प्रथम टिम सेमिफाईलनमा प्रवेश गरेका नगर स्तरिय खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन् । यही पौष १७ र १८ गते सेमिफाईनल तथा २० गते फाईनल खेल हुने आयोजकले जनाएको छ ।