इन्फिनिटी लघुवित्तद्धारा बिरामी सदस्यलाई आर्थिक सहयोग

१३ पौष – इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो विरामी सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

संस्थाले तानसेन नगरपालिका वडा नं. ७ पक्लुवाकी बिरामी सदस्य अञ्जु कुमाललाई आर्थिक सहयोग गरेको हो । कुमाल विगत लामो समय देखी रक्तचापको बिरामी हुनुहुन्थ्यो । सदस्य कुमालले विगत लामो समय देखी संस्थामा आर्थिक कारोबार गर्दै आउनुभएको र उहाँको आर्थिक अवस्था कमजोर भएकाले संस्थाले उपचारार्थ आर्थिक सहयोग गरेको ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालयका अनुगमन अधिकृत कुशल खनालले बताउनुभयो ।

वर्तुङ शाखाका प्रमुख अजय मिश्रले सदस्य स्वस्थ रहे संस्था संगको कारोबार पनि स्वस्थ रहने भन्दै सदस्यलाई अप्ठेरो परेको बेला सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताउनुभयो । सानोपिपल इन्फिनिटी महिला समुहकी कोषाध्यक्ष आशा विश्वकर्माले संस्थाले आफ्ना सदस्यको दुखमा साथ दिनु खुसीको कुरा भएको भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय