तानसेन मेयर कप क्रिकेटको दोश्रो दिन वडा नं. ९ र १A विजयी

पौष ८ – तानसेन नगर स्तरिय मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको दोश्रो दिन वडा नं. ९ र वडा नं. १A विजयी भएका छन् ।

तानसेनको टुँडिखेल खेलमैदानमा आज भएको खेलमा वडा नं. ९ र १ए विजयी भएका हुन् । प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा वडा नं. १A ले वडा नं. ५ लाई पराजित गरेको हो । त्यस्तै दोश्रो खेलमा वडा नं. ९ ले वडा नं. ६A लाई पराजित गर्यो ।

शनिबार देखी सुरु भएको प्रतियोगिता लिग चरणमा सञ्चालन हुने नगर स्तरिय खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय