घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । १४ किलो सुनसहित पक्राउ परेका गोरखा घर भएका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखिएको समितिको निष्कर्ष छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए। त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिले सुन पठाउने र घलेको समूहले विमानस्थलबाट बाहिर ल्याउने काम गरेको खुलेको छानबिन समितिले बताएको छ ।

मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय