
विजयकुमार बौडेल –
२७ मंसिर – कोरियन संस्था कोईकाको टोलीले मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड तानसेन ९ तिन्टीआँपको अवलोकन गरेको छ ।
तरकारीको उत्पादन र बजारिकरण बारे अध्ययन गर्ने उद्देश्यले नेपाल आएको कोरियन संस्था कोईकाको टोलीले जिल्लाकै उदाहरणीय मदनपोखरा संगम सहकारीको अध्ययन अवलोकन गरेको सहकारीका अध्यक्ष घनस्याम घिमिरेले जानकारी दिनुभयो । टोलीले यहाँका किसान संग तरकारीको उत्पादकत्व वृद्धि गर्ने र त्यसलाई व्यवस्थित तरिकाले बजारिकरण गर्ने विषयमा अन्तरक्रिया समेत गरेको छ ।
यसै अवसरमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डे, कृषि सचिव लालबाबु कवारी, सहकारी जिल्ला संघका अध्यक्षलगाएतको टोलीले सहकारीको अवलोकन र कृषकसंग अन्तरक्रिया समेत गरेको छ । मन्त्री पाण्डेयले किसानलाई उत्पादनका आधारमा अनुदान र प्रविधिमा सहयोगको साथै सहुलियत कर्जाको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।