लुम्बिनी प्रदेशद्धारा निर्मित डबली तानसेन नगरपालिकालाई हस्तान्तरण

२४ मंसिर – लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको श्रीनगर सांस्कृतिक डबली तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ ।  लुम्बिनी प्रदेश सरकारले पाल्पाको तानसेनमा निर्माण गरेको सांस्कृतिक डबली यहाँको स्थानीय सरकार तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठलाई चाबी हस्तान्तरण गरि डबलीको संरक्षण र प्रयोगका लागि जिम्मेवारी समेत हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, संविधानसभा सदस्य नारायणी शर्मा, प्रदेश सभा सदस्यहरु वीर बहादुर राना, खेम बहादुर सारु, तानसेन नगरउपप्रमुख प्रतिक्षा गाहा सिंजालीलगाएतले हस्तान्तरण भएपछी डबलीको उचित संरक्षण र संवद्र्धन गर्दै यसको प्रयोग गरि पर्यटनमा योगदान गुर्याउने अपेक्षा लिएको बताएका थिए ।

लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) स्थानीय तहलाई हस्तान्तरण हुन नसक्दा लामो समयदेखी सञ्चालनमा आउन सकेको थिएन । सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बन्न लागेका थिए ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले डबली निर्माण गरिएको हो । वि.सं. २०७७ असारदेखि सुरु भएको सांस्कृतिक डबली निर्माण सम्झौताको म्यादभन्दा एक वर्ष ढिला गरी डेढ वर्षअघि सकिएको थियो । सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङ स्थल, बाउन्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ । तर ती संरचनामा सञ्चालन गरिएको छैन ।

डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरको निर्माण गरिएको छ । सांस्कृतिक डबलीभित्र बसेर पाँच सय जनाले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय