पाल्पा । पाल्पामा आफैले बोकेको भरुवा बन्दुक पडकिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका ४ मित्याल गाङसिडाँडाका ४८ वर्षिय डम्मरबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घर नजिकै आफ्नो बारीमा भरुवा बन्दुक बोकी फापर खान आएको जंगली जनावर (दुम्सी) मार्न जाने क्रममा अचानक चिप्लिएर लडी आफैले बोकेको भरुवा बन्दुक पडकदा घाइते सारुको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले खरबारीको अम्रिसो घारीमा १ नाले भरुवा बन्दुक र १ ओटा भिर्ने झोला फेला पारेको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।