पाल्पामा पहिलो पटक सुन्तला महोत्सव सम्पन्न : कृषकहरु उत्साहित

पाल्पा । जिल्लाकाे रिब्दीकोट गाउँपालिका ७ नं. वडा पालुङ्मैनादीमा प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ ।

रिब्दीकोट गाउँपालिका ७ नंं वडाको आयोजनामा सुन्तलाको बजार प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गरिएको रिव्दीकोट– ७ नं. वडाका वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । एक दिने महोत्सवको पाल्पा क्षेत्र नंं २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले उद्घाटन गर्नुभएको हो । पाल्पामा पहिलो पटक सुन्तला महोत्सव आयोजना हुँदा कृषकहरु उत्साहित बनेका छन् । कृषकहरुले रिब्दीकोटको सुन्तला बिक्रि संगै यसको प्रचारप्रसार समेत हुँदा बजारीकरणमा समेत सहज हुने अनुमान गरेका छन् ।

स्थानीयस्तरमा सुन्तला खेती गर्ने कृषकको उत्पादनको बजारीकरण, व्यवसायिकीकरण र सुन्तलाको विविधकरणमा सहयोग गर्न महोत्सव सफल भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय