रास्वपा सभापती लामिछाने पाल्पाको रामपुर आउँदै

विजयकुमार बौडेल

१५ कार्तिक – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापती रवि लामिछाने पाल्पाको रामपुर आउने भएका छन् ।

यही कार्तिक १८ गते पाल्पाको रामपुरमा आयोजना हुन लागेको खुल्ला जनसभालाई सम्बोधन गर्न सभापती लामिछाने आउने भएका हुन् । शनिबार ११ बजे पाल्पाको रामपुरमा आयोजित सभालाई सम्बोधन गरेपश्चात सभापती लामिछाने १९ गते गुल्मि र २० गते अर्घाखाँची जाने कार्यक्रम रहेको रास्वपाका प्रदेश सदस्य नारायण न्यौपानेले जानकारी दिनुभयो ।

सभापती लामिछाने सहित रास्वपाकी सांसद तोसिमा कार्की समेत सभामा सहभागी हुने रास्वपा पाल्पाका उपसभापती सुमन गैरेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय