रानीचुडी खानेपानी उपभोक्ता समितिको तेश्रो साधारणसभा सम्पन्न

विजयकुमार बौडेल

१२ कार्तिक – रानीचुडी खानेपानी उपभोक्ता समिति तानसेन ९ को साधारणसभा सम्पन्न भएको छ । उपभोक्ताहरुको भेलाका बीच समितिको तेश्रो साधारणसभा दमकडा सभाहलमा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले मदनपोखरामा सञ्चालित यस खानेपानी योजना अव छिट्टै सम्पन्न हुने बताउनुभयो । गैरेले विभिन्न समस्याका कारण यस योजनामा बजेट विनियोजन र कार्यान्वयनमा समस्या देखिएको भन्दै संघीय सरकार र प्रदेश सरकारको समन्वय गरि योजना पुरा गर्न लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, तानसेन ९ का वडाध्यक्ष राजेश कुमार अर्याल, दमकडा माविका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा, तानसेन ९ का निवर्तमान वडाध्यक्ष हरिसुमर रेग्मी तथा उपभोक्ताको तर्फबाट सुरेश भट्टराई र ईन्द्र पौडेललगाएतले खानेपानी योजना चाँडोभन्दा चाँडो पुरा गर्नेतर्फ उपभोक्ता समिति र सरोकारवाला लाग्नुपर्ने बताएका थिए ।

भेलाले अध्यक्ष र लेखापरिक्षकको प्रतिवेदन पास गरेको छ भने योजनालाई संघीय सरकार संग समेत बजेट माग गरि पुरा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय