प्रदेश सांसद सारुद्धारा प्रेस चौतारीमा अक्षयकोष स्थापना

विजयकुमार बौडेल

२ असोज – लुम्बिनी प्रदेश सांसद खेम बहादुर सारुले प्रेस चौतारी नेपाल पाल्पामा अक्षयकोष स्थापना गर्नुभएको छ ।

सारुले प्रेस चौतारी नेपाल पाल्पा शाखामा बुवा र ससुराको नाममा जंगबहादुर–चित्रविर अक्षयकोष स्थापना गर्नुभएको हो । सारुले २५ हजार ५ सय २५ रुपैंयाको चेक कोषाध्यक्ष नेत्रप्रसाद गैरेलाई हस्तान्तरण गर्नुभयो । प्रेस चौतारी नेपाल पाल्पाले गरेको बडादशैं, तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा तानसेनमा आयोजना गरेको शुभकामना कार्यक्रमका अवसरमा सारुले अक्षयकोष स्थापना गर्नुभएको हो ।

सारुले पत्रकारिता क्षेत्रमा मेहेनती, जुझारु, आवाजविहिनहरुको आवाज बोल्ने पत्रकारहरुका लागि र प्रगतिशिल पत्रकारिता जोगाउने सानो प्रयास गरेको बताउनुभयो । सारुले पत्रकारिताको क्षेत्रमा आगामी दिनमा समेत साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय