पूर्वमन्त्री पाण्डेयद्धारा बडादशैंकाे शुभकामना आदान–प्रदान

पाल्पा । पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् ।

पाण्डेले बुधबार एक कार्यक्रमको आयोजना गरी तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा एक आपसमा शुभकामना आदान–प्रदान गरेका हुन् । यस अघि नयाँ वर्षको अवसरदेखि शुभकामना आदान–प्रदान गर्ने परम्परा बसालेका उनले चाडपर्वमा पनि निरन्तरता दिएका छन् । उनले घर आगनमा आईपुगेको विजया दशमी, शुभ दिपावलीका अवसरमा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई एकै ठाउँमा राखेर एक आपसमा शुभकामना आदान–प्रदान गरेका हुन् ।

लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च ओहोदामा पुगेका पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि थालेको साहित्यिक यात्रालाई अहिले पनि निरन्तरता दिएका छन् । पाण्डेयले देश तथा विदेशमा रहेका नेपालीहरुलाई कविताबाटै शुभकामना व्यक्त गरे । पाण्डेयले आम नागरिक सधँै खुसी, सुखी, स्वास्थ्य रहन सकुन् भन्ने कामना गरेका छन् । उनले कुनै पनि नागरिकको आँखामा आँसु देख्न नपरोस्, सबैमा समृद्धि छाओस्, सधै सकरात्मक सोच, परोपकारी भावना जागृत होस्, सबैमा देशप्रति राष्ट्रिय र प्रेम भाव पैदा होस् भन्ने कामना समेत कवितामार्फत गरेका छन् ।

पाण्डेयले कविता वाचन गर्दा हलमा उपस्थित सबै अचम्म परी सुनिरहेका थिए । सधै राजनीतिक भाषणमार्फत जनताको आवाज बोल्ने पाण्डेयले आफ्नै रचनामा कवितामार्फत जनताप्रति शुभेच्छा प्रकट गर्दा धेरै जना अचम्ममा परे । शुभकामना आदान–प्रदान कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तिहरु, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरु, प्राध्यापक, साहित्यकार,पत्रकार, विद्यार्थी लगायतले एक आपसमा शुभकामना आदान–प्रदान गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय