
विजयकुमार बौडेल –
१ कार्तिक – प्रेस चौतारी नेपाल पाल्पाले चौतारी बुलेटिनको चौंथो अंक तथा नजिकिँदै गरेका चाडबाडको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
प्रेस चौतारी पाल्पाले बडादशैं, दिपावली, छठ २०८० तथा नेपाल सम्बत् ११४४ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बुलेटिन विमोचन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले वर्तमान राजनीतिक अवस्था र सञ्चारकर्मीले लोकतन्त्र बचाउन खेल्नुपर्ने भूमिकाका विषयमा उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले व्यवसायिक सुदृढिकरणसँगै संगठन बलियो बनाउने अभियानमा लाग्न प्रेस चौतारीका सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रमा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेशसभा सदस्य खेम बहादुर सारु, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, प्रवक्ता टिका बहादुर थापा, प्रेस चौतारी लुम्बिनी प्रदेश ईन्चार्ज कमलराज तिमिल्सेना, जिल्ला ईन्चार्ज अमृता अनमोल, गुल्मी ईन्चार्ज मिलन विक, एमाले तानसेन नगर कमिटि अध्यक्ष गुरास आत्रेयलगाएतले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारीको वर्तमान अवस्था, एमाले नेतृत्व संग प्रेस चौतारी कार्यक्रमको समीक्षा र भावि कार्यदिशाबारे छलफल गरिएको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पाका सचिव नारायण न्यौपानेको सञ्चालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।