
पाल्पा । दाेभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड,तिलाेत्तमा वडा नं. ९, मंगलापुर, रुपन्देहीको १३ओैै वार्षिक साधारणसभा शनिवार मंगलापुरमा सम्पन्न भयाे ।
सभाका प्रमुख अतिथि सहकारी अभियन्ता दलबहादुर गुरुङले वार्षिक साधारणसभामा आफ्ना सदस्यहरुलाई आर्थिक ऐना र भावी याेजना देखाउनु पर्नेमा जाेड दिनुपर्ने बताए । उनले भने- नेपालका धेरै सहकारीहरुमा आधारभूत सहकारी शिक्षाकाे अभाव छ । सञ्चालकहरुलाई सहकारी सञ्चालन तथा व्यवस्थापन तालिम दिन सकिएकाे छैन । कर्मचारीहरुले लेखाविधि तालिम नियमित पाउन सकेका छैनन् । सहकारीहरु नीति,विधि र प्रविधिमा कमजाेर छन् । सामाजिक दायित्वबाट टाढा छन् । सरकारले गर्नुपर्ने सहयाेग गरेका छैनन् । दाेभान सहकारीले आफ्नाे हरहिसाव दुरुस्त राखेकाे,सहकारीका सदस्यहरुलाई सन्तुष्टि दिएकाे ,वृद्धहरुलाई सम्मान गरेकाे भन्दै सभामा प्रमुख अतिथि गुरुङले प्रशंसा समेत गरेका थिए ।
उक्त सभामा सल्लाहकार भास्कर आत्रेयले आफ्नाे सहकारीकाे उद्देश्य,लक्ष्य फराकिलाे भएपनि साेचे अनुसार प्रगति गर्न वर्तमान आर्थिक अवस्था कारक रहेकाे समेत बताए । साे सभामा गंगा खरेल,दिनानाथ पन्थ,सूर्य गाैतम,हेमनाथ पाेखरेल लगायतले दाेभान सहकारीले शेयर सदस्यहरुकाे वृद्धि र स्तराेन्नतिमा जाेड दिएका थिए । सभामा ८५ वर्षीय निलकण्ठ पाण्डेयलाई ज्येष्ठ नागरिकका हैसियतमा सम्मान गरिएकाे थियाे ।
उक्त सभामा संस्थाका अध्यक्ष गणेशप्रसाद भण्डारीले वार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रमका साथै हरहिसावकाे फेहरिस्त लगाएका थिए ।