मदनपोखरा संगम सहकारीको साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विजयकुमार बौडेल

२७ असोज – मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्थाको साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

सहकारीको पाँचौं वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । तानसेन–९ तिन्टिआँपमा लायन्स क्लब अफ माण्डब्य, लायन्स क्लब अफ विपना, लायन्स क्लब अफ प्रभास, लायन्स क्लब अफ माडि र मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले रगत जुनसुकै बेला अत्यावश्यक पर्ने भएकाले यस्ता कार्यक्रमले अस्पतालहरुमा रक्त अभाव नहुने बताउनुभयो । कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् । त्यस्तै अन्य व्यक्तिहरुले पनि आवश्यक परेको बेला रक्तदान गर्ने गरि आफ्नो ब्लड ग्रुप टिपाएर जुनसुकै बेला तयारी रहने बताएका छन् ।

कार्यक्रममा लायन्स क्लबको एरिया नं. २ को चिफ भिम बहादुर श्रेष्ठ, लायन्स जोन चेयर पर्सन सुरेश कुमार भट्टराई, सहकारीका अध्यक्ष घनश्याम घिमिरे, तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्याललगाएतले रक्तदान जस्ता सामाजिक काम बेलाबेलामा भइरहनुपर्ने र त्यसका लागि समन्वय गर्ने बताएका छन् ।

रक्तदान कार्यक्रमका संयोजक धनपती गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय