पत्रकार नेपाललाई ‘युवा पत्रकारिता सम्मान’ प्रदान

पाल्पा । यूवा पत्रकार सुशील नेपाल ‘युवा पत्रकारिता सम्मान’बाट सम्मानित हुनुभएको छ ।

काठमाडौंमा रहेर कला पत्रकारितामा सक्रिय नेपाललाई सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा आयोजित म्युजिक अवार्ड कार्यक्रममा सम्मान गरिएको हो । बि.स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’मा नेपाल सम्मानित हुनुभएको हो ।

सांगीतिक र चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप नेपाललाई सम्मान गरिएको हो । गीतकार एवं संगीतकार राजकुमार बगर, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, आयोजक संस्थाका अध्यक्ष विक्रम चौहान लगायतले ताम्रपत्र र दोसल्लासहित नेपाललाई सम्मान गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय