
विजयकुमार बौडेल –
२४ असोज – मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभा हुने भएको छ ।
यही असोज २८ गतेका दिन तानसेन ९ तिन्टीआँपमा रहेको सहकारीको बार्षिक साधारणसभा हुने भएको हो । १ हजार ३ सय ६० सदस्य रहेको यस सहकारीले कृषि, पशुपालन, अटोमोबाईल्स, तरकारी संकलन तथा विक्रि, बचत तथा ऋणलगाएतका क्षेत्रमा काम गर्दै आईरहेको सकारीका अध्यक्ष घनश्याम घिमिरेले जानकारी दिनुभयो ।
सहकारीले १५ करोड रुपैंया बराबरको कारोबार गरिरहेको सहकारीका व्यवस्थापक अनिषा ढकालले बताउनुभयो । जिल्लामै नमुना काम गरिरहेको यस सहकारीको साधारण सभामा सदस्यहरु बीच नीतिगत छलफल हुने समेत जनाईएको छ । सहकारीले तिन्टीआँप खेल मैदानमा साधारण सभा गर्ने भन्दै सम्पुर्ण सदस्यहरुलाई निमन्त्रणा समेत गरेको छ ।