माथागढीका विभिन्न स्वास्थ्य संस्थामा मनाइयो विश्व मानसिक स्वास्थ्य दिवस

विजयकुमार बौडेल

२३ असोज – मानसिक स्वास्थ्यः सबैको अधिकार (Our Mind Our Rights) भन्ने नाराका साथ माथागढी गाउँपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुले बिश्व मानसिक स्वास्थ्य दिवस मनाएका छन् ।

माथागढी गाउँपालिकाले रहवास स्वास्थ्य चौकीमा किशोरीहरुको रक्तपरिक्षण विश्व मानसिक दिवस मनाएको छ । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब बहादुर जिसी, हे.अ. प्रवेश पौडेल र रहवास स्वास्थ्य चौकीका सि.अ.हे.ब. भिम बहादुर रानालगाएतले बिद्यार्थीहरुलाई मानसिक स्वास्थ्यका बारेमा सहजीकरण गर्नुभयो ।

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा रहवास स्वास्थ्य चौकीमा माथागढी वडा नं. ७ रहवासका सिद्धार्थ मा.बि. र महेन्द्र नरेश प्रा.बि.का ९३ जना किशोरीहरुको रक्त समुह र हेमोग्लोबिनको परिक्षण गरिएको छ । बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत १० देखि १९ बर्षका किशोरीहरुलाई आ.ब. ०८०/८१ को पहिलो चरण श्रावण–असोजको १३ हप्ता आईरन फोलिक एसिड चक्की खुवाउँदै गर्दा रक्तअल्पताको अवस्था थाहा पाउन रक्त परिक्षण गरिएको हो ।

विश्व मानसिक स्वास्थ्य दिवस चिदीपानी स्वास्थ्य चौकी, रुप्से, कसेनी र रहवास स्वास्थ्य चौकीमा समेत मनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय