झंडेवा वडा कार्यालय माथागढीको वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ

विजयकुमार बौडेल

१८ असोज – माथागढी गाउँपालिका वडा नं. ४ झंडेवाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिका भवन परिसरमा आर्थिक बर्ष ०७९/८० को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

वडा नं. ४ मा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको समीक्षा गरिएको हो । माथागढी गाउँपालिकाको आयोजना तथा माडी भ्यू मिडिया प्रा.लि. को सहजिकरणमा वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ सञ्चालन भएको हो ।

समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीले सामाजिक सुरक्षा भत्ता नविकरण तथा वितरण, शिक्षा, स्वास्थ्य, खानेपानी, श्रमदान, खेल सामग्री वितरण, सडक पुर्वाधार, विभिन्न संघसंस्थाहरु संग सहकार्यलगाएतका विषयमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सेवा, रोजगारी, उपभोक्ता समिति, शैक्षिक पुर्वाधार, उत्पादनमुखी शिक्षा, पर्यटन, नाली तथा सडक व्यवस्थापन, कृषि, पशुपालन, योजना प्रक्रिया, भुक्तानी प्रक्रिया, लक्षीत वर्गका योजना, खानेपानी, बस्ती विकास, फोहरमैला व्यवस्थापन, सुचना तथा सञ्चारलगाएतका विषयमा प्रश्न, जिज्ञासा र सुझाव व्यक्त गरेका थिए ।

सहभागीका प्रश्नको जवाफ वडाध्यक्ष दर्लामीले दिनुभएको थियो । सहभागीहरुको जिज्ञासा मेट्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले नागरिकका समस्या प्रति गाउँपालिका सधै सकारात्मक हुने भन्दै कुनै पनि समयमा गाउँपालिकामा आफ्ना समस्या ल्याएका नागरिकलाई सेवा गर्न गाउँपालिका तत्पर रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, लेखा शाखा प्रमुख सन्तोष दाहाल, ईन्जिनियर धर्मेन्द्र यादवलगाएतले उठेका सवालहरुको जिज्ञासा मेटाउनुभएको थियो । सार्वजनिक सुनुवाइको सहजिकरण माडी भ्यू मिडिया प्रा.लि. का पत्रकार विजय बौडेल र नेत्र गैरेले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय