पर्यटन व्यवसायी बस्यालद्धारा जन्मदिनमा चौतारीसंग विशेष दिन कार्यक्रममा रकम प्रदान

विजयकुमार बौडेल

१५ भाद्र – पर्यटन व्यवसायी धनिश्वर बस्यालले आफ्नो जन्मदिनका अवसरमा चौतारीसंग विशेष दिन कार्यक्रममा रकम प्रदान गर्नुभएको छ ।

होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका बस्यालले आफ्नो जन्मदिनका अवसरमा प्रेस चौतारी नेपाल पाल्पाले स्थापना गरेको चौतारी संग विशेष दिन कार्यक्रमका लागि ४ हजार १ सय रुपैंया प्रदान गर्नुभएको हो । बस्यालले जन्मदिनको अवसरमा फजुल खर्च कमगरी चौतारीसंग विशेष दिन कार्यक्रम अन्तरगत संगठनको हितमा हुनेगरी रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै बस्यालले प्रेस चौतारी नेपाल पाल्पाले आफ्नो जन्मदिन मनाईदिएकोमा धन्यवाद व्यक्त गर्दै पत्रकारको हितका पक्षमा रकम खर्च गर्ने गरि प्रदान गरेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय