विजयकुमार बौडेल –
२२ असोज – रम्भा गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता असेर्दीमा सञ्चालन हुने भएको छ । असेर्दी स्पोर्टस् क्लबले आउँदै गरेको विजयादशमीको अवसरमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।
यही असोज २९ गतेदेखी कार्तिक ४ गते सम्म खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबका कार्यबाहक अध्यक्ष तथा खेल संयोजक विजय रानाभाटले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोश्रो हुनेले २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दी सिरिजले २ हजार ५ सय, बेष्ट बलर र ब्याट्सम्यानले १ हजार ५ सयका दरले पुरस्कार र शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दी म्याचले ५ सयका दरले पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
५ हजार रुपैंया दर्ता शुल्क लाग्ने प्रतियोगिता असेर्दी क्रिकेट मैदानमा सञ्चालन हुने छ ।