माथागढी गाउँपालिकाले आफ्नो छुट्टै प्रतिक चिन्ह बनाउँदै

विजयकुमार बौडेल

१६ असोज – माथागढी गाउँपालिकाले आफ्नो छुट्टै पहिचान सहितको प्रतिक चिन्ह (लोगो) बनाउने भएको छ । गाउँपालिकाले प्रतिक चिन्ह निर्माण गरि पेश गर्न सुचना जारी गरेको छ ।
माथागढी गाउँपालिकाको भुगोल, जनजिवन, ऐतिहासिक, प्राक्रितिक, आर्थिक, सामाजिक एवम् अन्य विशिष्ठ पहिचान झल्कने गरि प्रतिस्पर्धात्मक विधिबाट प्रतिक चिन्ह बनाई प्रयोगमा ल्याउने गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।

माथागढी गाउँपालिकाको पहिचान लोगो मार्फत देखियोस र स्थानीय तह एउटा सरकार भएकाले सरकारको छुट्टै पहिचान बनाउने उद्देश्यले प्रतिक चिन्ह बनाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले बताउनुभयो । घिमिरेले देशभरका सबै नेपालीलाई उक्त प्रतिष्पर्धामा सहभागी हुने अवसर भएको बताउनुभयो ।

लोगोमा गाउँपालिकाको नाम, नेपालको झण्डा, गाउँपालिकाको आदर्श वाक्य समावेश हुनुपर्ने र लोगो निर्माण गर्दा नेपाल सरकारको निशान छापको मापदण्डमा हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय