तानसेनका ५३ सहकारीमा डेढ अर्ब बढी बचत रकम

विजयकुमार बौडेल

८ असोज – तानसेन नगरपालिका सहकारी शाखाले नगर भित्रका ५३ वटा सहकारीमा शेयर सदस्यहरुको डेढ अर्ब बढी बचत रकम जनाएको छ ।

नगरपालिकाका ५३ वटा सहकारीमा सेयर सदस्यहरुको १ अर्ब ५६ करोड १८ लाख ८७ हजार ५७ रुपैंया बचत रहेको शाखाले जनाएको हो । तानसेन नगरपालिकामा कृषि ११, दुग्ध ३, कफी उत्पादक २, बचत तथा ऋण १७, बहुउद्देश्यि १६, अदुवा १ र अन्य ३ सहकारीहरु सञ्चालनमा रहेका छन् ।

नगरपालिकाका ५३ सहकारीमा २६ हजार ९ सय ९५ जना शेयर सदस्य रहेका छन् । सहकारीमा ४ सय ३० जना सञ्चालक रहेका छन् भने १ सय ५२ जना कर्मचारी रहेका तानसेन नगरपालिकाका सहकारी शाखा प्रमुख दुर्गा बहादुर थापाले जानकारी दिनुभयो । शेयर सदस्यहरुको २० करोड ९४ लाख २६ लाख ६ सय ९४ शेयर रकम रहेको छ ।

तानसेन नगरपालिका भित्रका सहकारीहरुको ५ करोड ५८ लाख ९१ हजार ६ सय ८३ जगेडा कोष रहेको छ । तानसेन नगरपालिका भित्रका ५३ सहकारीहरुले १ अर्ब ४२ करोड ५४ लाख २४ हजार ५ सय १४ रुपैंया ऋण लगानी गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय