![तानसेन नगरपालिकाको बार्षिक समिक्षा सम्पन्न](https://madiviewnews.com/wp-content/uploads/2023/09/IMG_7469-scaled.jpg)
विजयकुमार बौडेल –
८ असोज – तानसेन नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाले नगरकार्यपालिका, सल्लाहकार, कर्मचारी र पत्रकारको उपस्थितिमा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विषयगत शाखाका प्रमुख र वडाका सचिवहरुले समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले यस बर्षको सकारात्मक कुरालाई आत्मसाथ गर्दै सुधार गर्नुपर्ने कुरालाई सुधार गर्दै जानुपर्ने बताउनभयो । नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जनप्रतिनिधी र कर्मचारीको समन्वयले नै निर्धारित योजना तथा कार्यक्रमहरु सफल हुने बताउँदै त्यसका लागि दुवैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले धेरै प्रयास गर्दा पनि केही योजनाहरु सम्पन्न हुन नसकेको भन्दै आगामी दिनमा सबै योजना सम्पन्न गर्न उपभोक्ता, जनप्रतिनिधी र कर्मचारी सबैले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नगरपालिकाका सहकारी शाखा प्रमुख दुर्गा बहादुर थापाले सञ्चालन गर्नुभएकाे थियाे ।