लघुवित्त समन्वय समितिद्धारा प्रहरीलाई पङ्खा हस्तान्तरण

विजयकुमार बौडेल

६ असोज – लघुवित्त समन्वय समिति पाल्पाले प्रहरीलाई पङ्खा हस्तान्तरण गरेको छ । समितिले प्रहरी चौकी प्रभास र अस्थाई प्रहरी पोष्ट माडिफाँटलाई पङ्खा हस्तान्तरण गरेको हो ।

समितिले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत रहेर दुइवटा प्रहरी चौकीलाई पङ्खा हस्तान्तरण गरेको हो । दुवै प्रहरी चौकीलाई एक एक थान पङ्खा दिएको समितिका अध्यक्ष अजय कुमार मिश्रले जानकारी दिनुभयो । अध्यक्ष मिश्रले समुदायका नागरिकको शान्ति सुरक्षामा खटिने प्रहरीको सहजताका लागि सामाजिक जिम्मेवारी पुरा गरेको बताउनुभयो ।

प्रहरी चौकी प्रभासका प्रमुख भरत थापा र अस्थाई प्रहरी पोष्ट माडिफाँटका सोनु श्रेष्ठले पङ्खा ग्रहण गर्दै सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय