पाल्पा उद्योग वाणिज्य संघको ६९ औं साधारणसभा सुरु

विजयकुमार बौडेल

६ असोज – पाल्पा उद्योग वाणिज्य संघको ६९ औं साधारणसभा सुरु भएको छ । साधारणसभाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा संघका अध्यक्ष शैलेन्द्र भट्टराईले संघ विगत देखि नै पाल्पाको विकास र त्थानमा लाग्दै आईरहेको बताउँदै पाल्पा जिल्लालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कुटिर उद्योगलाई प्रवद्र्धन गर्ने र पाल्पालाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने काममा अघि बढेको बताउनुभयो ।

संघले एक बर्षमा विभिन्न २८ कार्यक्रम गरेको जनाएको छ । संघका कोषाध्यक्ष विनायक महर्जनले ८२ लाख ५९ हजार ३ सय ७४ रुपैंया ३६ पैसा बराबरको आयव्यय प्रस्तुत गर्नुभयो । त्यस्तै संघले आर्थिक बर्ष २०८०/८१ का लागि २ करोड ७५ लाख ९० हजार ८ सय ६ रुपैंया बराबरको अनुमानित आयव्यय समेत प्रस्तुत गरेको छ ।

संघले ०८० असार मसान्त सम्म विभिन्न बैंकमा २३ लाख १६ हजार ३ सय ६ रुपैंया बैंक मौज्दात रहेको जनाएको छ । संघमा आर्थिक बर्ष ०७९÷०८० देखि अहिले सम्म ३९ जना नयाँ सदस्य थप भएको जनाएके छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय