परम्परागत खेतिले जिवन धान्नै मुस्किल

विजयकुमार बौडेल

५ असोज – परम्परागत खेतिले किसानको जिवन धान्नै मुस्किल हुने गरेको छ । लगानी धेरै र आम्दानी थारै हुने परम्परागत खेति गर्ने किसानहरुको जिवन धान्नै मुस्किल हुने गरेको हो ।

“खेती गरेर जीवन धान्न नै मुश्किल भएको छ । महँगीले सबैभन्दा धेरै किसानलाई दुःख परेको छ । पहिला एक घण्टा लगाउँदा १०००/१२०० रुपैयाँ दिंदा पुग्ने ट्याक्टरलाई अहिले २२०० देखि २५०० तिर्नुपर्छ । पहिला ३०० रुपैयाँमा आउने रोपाहारलाई अहिले ६०० दिनुपर्छ ।” रिब्दीकोट ४ की बिमला रुचालले भन्नुभयो ।

पछिल्लो केही समयदेखि बढिरहेको पेट्रोलियम पदार्थको मूल्यले पनि किसानलाई नै मारमा पारेको छ । पहिला जस्तो गोरु जोत्ने चलन छैन । भए पनि त्यो सहज र सस्तो छैन । तेलको मूल्य बढेसँगै ट्याक्टर लगाइसक्नु छैन । रैनादेवी छहरा ४ की फुर्सी हितंगाले गोरुले जोताउँदा दिनको ३ हजार रुपैंया सम्म तिर्नुपरेको बताउनुभयो ।

गाउँका मानिस शहर पस्ने क्रम बढ्दो छ । आफ्नो थातथलो छाडेर, खेतीकिसानी त्यागेर हिंड्नु शहरको रंगीन रुवानी सपना मात्र होइन । फेरिएको व्यवस्थासँगै विकास भएको वैधानिक विभेदको आडमा सप्रिएको पैसामुखी सेवा पनि हो । विभिन्न कारणले हरेक वर्ष किसानको गाउँ छाड्ने दर बढ्दो छ ।

समग्रमा, गाउँमा श्रमको अभावमा जमिन बाँझो छ । अलैंचीको मूल्य घट्यो, अदुवा किसान मारमा परे । उखु किसानले पैसा पाएनन्, किसानले सडकमा दूध पोखे, किसानले बन्दामा डोजर लगाए । धान लगाउने बेलामा मलको अभाव, फौजीकीराले बाली नष्ट, बीउको कारण बाली उत्पादनमा कमी, खर्चको अभावमा उपचार नपाएर मृत्यु, कृषि उत्पादन बिक्री नभएर किसान मारमा, धान डुबानमा परेका किसानले पाएनन् क्षति जस्ता दैनिक समाचारका विषय हुन् ।

यी र यस्तै समाचार हेरेर हुर्किएको पुस्ताले किन खेती गरोस् ? जिम्मेवार निकायले र अहिलेको नेतृत्वले यसको उत्तर खोज्न अबेर गर्न हुँदैन । अन्यथा, यही गति, मति र लयमा जाने हो भने हाम्रो कृषि फेरि कहिल्यै लयमा आउने छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय