संविधान दिवस : रैनादैवी छहरामा कर्मचारी र जनप्रतिनिधी बीच फुटबल

विजयकुमार बौडेल

३ असोज – रैनादेवी छहरा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधी बीच मैत्रीपुर्ण फुटबल प्रयोयोगिता सम्पन्न भएको छ ।

संविधान दिवसका अवसरमा रैनादेवी छहरा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता कटौजेपानी खेलमैदानमा सम्पन्न भएको हो । प्रतियोगितामा कर्मचारी टोलीले जनप्रतिनिधी टोलीलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले नागरिकको काममा जनप्रतिनिधी र कर्मचारीको समन्वय नै विकासको आधार भएको सन्देश दिन मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । भट्टराईले प्रतियोगिताले जनप्रतिनिधी र कर्मचारी बीचको सम्बन्ध प्रगाढ हुने बताउनुभयो ।

गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीले संविधान जारी भएको ८ बर्ष पुरा भएको अवसरमा शुभकामना समेत आदान प्रदान गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय