पाल्पाली पत्रकारितामा थप आयाम : समाचारघर साप्ताहिक सुरु

विजयकुमार बौडेल

२६ भाद्र – पाल्पाली पत्रकारितामा एउटा आयाम थपिएको छ । पाल्पाली पत्रकारितामा समाचारघर साप्ताहिक पत्रिका सुरु भएको छ ।

तानसेनमा एक कार्यक्रमका बीच समाचारघर साप्ताहिकको सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले पत्रकारिता क्षेत्रलाई अगाडी लैजान जिल्ला समन्वय समितिले सहकार्य गर्ने बताउँदै ग्रामिण क्षेत्रका समस्या र विभिन्न विकृतिको उठान गर्न गनुरोध गर्नुभयो ।

पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम रानाले पत्रकारिता क्षेत्रमा अन्य पत्रिकाहरु बन्द गर्ने अवस्थामा रहेको भएपनि सकारात्मक र नयाँ उर्जाका साथ समाचारघर साप्ताहिक पत्रिका सुरु गर्नु पत्रकारिता क्षेत्रमा खुसीको कुरा भएको बताउनुभयो ।

पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष राजेशकुमार अर्यालले पत्रकारिता क्षेत्र पैसा तन्त्रको भक्ति र शक्तिको मुखपत्र बन्न नहुने बताउनुभयो । अर्यालले समाचारघर साप्ताहिक विकृतिको भण्डाफोर गर्ने केन्द्र बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा लेखक गोपाल बस्यालले पत्रिकाले समाजमा नभनिएका, नलेखिएका र नसुनिएका विषयबस्तु उठान गर्नुपर्ने बताउनुभयो । पत्रकार दयाराज न्यौपाने, कमलराज तिमिल्सेना र सुदर्शन पाण्डेयको समुहले समाचारघर साप्ताहिक पत्रिका सञ्चालन गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय