पुर्वखोला कृषि तथा पशु उद्यमशिलता विकास परियोजना हस्तान्तरण तथा समीक्षा

विजयकुमार बौडेल

२४ भाद्र – पुर्वखोला कृषि तथा पशु उद्यमशिलता विकास परियोजना हस्तान्तरण तथा समीक्षा कार्यक्रम पुर्वखोला गाउँपालिकामा सम्पन्न भएको छ ।

गाउँ कार्यपालिका, कर्मचारी, परियोजना साझेदार संस्थाहरु हेफर प्रोजेक्ट नेपाल र समाज उत्थान सहयोग केन्द्र, देवीनगरको सहभागितामा परियोजना हस्तान्तरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्यले परियोजनाले पुर्वखोलाका कृषि तथा पशु क्षेत्रमा काम गर्ने किसानहरुलाई उद्यमी बनाउन सहयोग पुर्याएको बताउनुभयो । आचार्यले स्थानीय तहले साझेदार संस्थाहरु संग मिलेर काम गर्दा नागरिकको जिवनस्तरमा सकारात्मक परिवर्तन आएको महसुस गरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य खेम बहादुर सारुले साझेदार संस्थाहरु संगको अनुभव र स्थानीय तहको स्रोत प्रयोग गरेर नागरिकलाई उद्यमशिल बनाउने काममा परियोजना सफल भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले परियोजना सञ्चालनका क्रममा धेरै विषयबस्तुहरु सुधार गर्नुपर्ने भएपनि परियोजनाले नागरिकहरुको आयस्तरमा वृद्धि भएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, कृषि शाखा प्रमुख सन्तोष कंडेल, हेफर प्रोजेक्ट नेपाल बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार साम्बयू, हेफरका कार्यक्रम अधिकृत मदन पौडेल, देव बहादु ढेंगालगाएतले परियोजनाको फाईदा, सुधार गर्नुपर्ने विषयबारे चर्चा गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय