
विजयकुमार बौडेल –
२२ भाद्र – तिनाउ ५ चर्चरेका दर्लामी दाजुभाईले मातापिताको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेका छन् ।
दर्लामी दाजुभाईले पिता दिल बहादुर दर्लामी र माता रिमिसरा दर्लामीको स्मृतिमा प्रथम सी लेभल ब्याडमिन्टन प्रतियोगिता सराई कवर्ड हलमा आयोजना गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले माता पिताको सम्झनामा प्रतियोगिता आयोजना गरेर यूवाहरुलाई खेल प्रति प्रोत्साहन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
दुई दाजुभाई टिका बहादुर दर्लामी र मान बहादुर दर्लामीले आफ्ना मातापिताको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको वृन्दावन ब्याडमिन्टन क्लबले समन्वय गरेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश १५ हजार, १० हजार र २ हजार ५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा माथागढी वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीले मातापिताको स्मृतिमा यूवालाई खेल क्षेत्रमा अघि बढाउने काम गर्नु सकारात्मक काम भएको बताउनुभयो ।