
विजयकुमार बौडेल –
१८ भाद्र – प्रेस चौतारी नेपाल पाल्पाका सचिवालय सदस्य भुवन रायमाझीले आफ्नो जन्मदिनका अवसरमा चौतारीसंग विशेष दिन कार्यक्रममा रकम प्रदान गर्नुभएको छ ।
रायमाझीले आफ्नो ३८ औं जन्मदिनका अवसरमा प्रेस चौतारी नेपाल पाल्पाले स्थापना गरेको चौतारी संग विशेष दिन कार्यक्रमक्रमका लागि ११ हजार रुपैंया प्रदान गर्नुभएको हो । रायमाझीले जन्मदिनको अवसरमा फजुल खर्च कमगरी चौतारीसंग विशेष दिन कार्यक्रम अन्तरगत संगठनको हितमा हुनेगरी आफ्नो ३८ औं जन्मदिनका अवसरमा प्रेस चौतारी नेपाल पाल्पाले स्थापना गरेको चौतारी संग विशेष दिन कार्य रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण गर्दै रायमाझीले प्रेस चौतारी नेपाल पाल्पा शाखाले आफ्नो जन्मदिन मनाईदिएकोमा धन्यवाद व्यक्त गर्दै पत्रकारको हितका पक्षमा रकम खर्च गर्ने गरि प्रदान गरेको बताउनुभयो ।