विजयकुमार बौडेल –
२० भाद्र – ऐतिहासिक भगवती जात्राको अवसरमा होटल पौवा पाल्पाले तीन दिन छुट दिने भएको छ । भाद्र २१ गते पाल्पामा मनाईने २ सय ३ औं भगवती जात्राको अवसरमा होटल पौवा पाल्पाले खाना र बस्न विशेष छुट दिने भएको हो ।
होटल पौवा पाल्पाका प्रमुख यदु भट्टराईले ऐतिहासिक भगवती जात्राको दिन पर्यटकलाई आकर्षित गर्न र पाल्पाको पर्यटनमा जिम्मेवार भुमिका निर्वाह गर्न होटल पौवा पाल्पाले छुट अफर ल्याएको बताउनुभयो । भट्टराईले भाद्र २०, २१ र २२ गते ३ दिनका लागि पौवाले खाना र बस्नको लागि छुट दिने बताउनुभयो ।
पौवाले खानामा १० प्रतिशत र बास बस्नको लागि ३० प्रतिशत छुट दिने होटल पौवाकी सञ्जु कार्कीले बताउनुभयो । होटल पौवाले पाल्पामा गुणस्तरिय सेवा दिँदै आईरहेको छ ।