भगवती जात्राको दिन गाडीभाडामा ५०, होटलमा खान र बस्न २० प्रतिशत सम्म छुट

विजयकुमार बौडेल

१९ भाद्र – ऐतिहासिक भगवती जात्राको दिन यात्रुहरुलाई गाडीभाडामा ५० प्रतिशत छुट हुने भएको छ । २ सय ३ औं भगवती जात्राको दिन पाल्पा बुटवल आउने जाने यात्रुलाई भाडामा ५० प्रतिशत छुट हुने भएको हो ।

पश्चिम नेपाल बस व्यवसायी समितिले गाडीभाडामा ५० प्रतिशत छुट दिने समितिका सदस्य सचिव प्रकाशनाथ गोंङ्गलले जानकारी दिनुभयो । यात्रुहरुको सहजता र सहुलियतका लागि समिति संग समन्वय गरि गाडीभाडामा छुट गराईएको रणउजरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो ।

भाडा छुटका लागि यात्रुले पाल्पाको तानसेन या रुपन्देहीको बुटवलमा रहेको टिकट काउण्टर बाट टिकट काट्नुपर्ने समितिले जनाएको छ ।
त्यस्तै पाल्पा होटल व्यवसायी संघले भगवती जात्राको अवसरमा होटलमा बस्न तथा खानको लागि पनि छुट दिने जनाएको छ । समितिका अध्यक्ष लक्ष्मण बस्यालले समितिमा आवद्ध १ सय १० बढी होटलहरुमा खानामा १० प्रतिशत र बस्नको लागि २० प्रतिशत सम्म छुट दिने निर्णय गरेको बताउनुभयो ।

पाल्पामा यहि २१ गते ऐतिहासिक भगवती जात्रा मनाईंदै छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय