
विजयकुमार बौडेल –
१८ भाद्र – प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले आफ्नो जन्मदिनका अवसरमा चौतारीसंग विशेष दिन कार्यक्रममा रकम प्रदान गर्नुभएको छ ।
कार्कीले आफ्नो ३८ औं जन्मदिनका अवसरमा प्रेस चौतारी नेपाल पाल्पाले स्थापना गरेको चौतारी संग विशेष दिन कार्यक्रमका लागि ११ हजार १ सय ११ रुपैंया प्रदान गर्नुभएको हो । कार्कीले जन्मदिनको अवसरमा फजुल खर्च कमगरी चौतारीसंग विशेष दिन कार्यक्रम अन्तरगत संगठनको हितमा हुनेगरी रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण गर्दै कार्कीले प्रेस चौतारी नेपाल पाल्पा शाखाले आफ्नो जन्मदिन मनाईदिएकोमा धन्यवाद व्यक्त गर्दै पत्रकारको हितका पक्षमा रकम खर्च गर्ने गरि प्रदान गरेको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मिलन विक, प्रदेश सदस्य कृष्ण पोखरेल, जिल्ला उपाध्यक्ष सन्तोष बस्याल, सचिव नारायण न्यौपाने, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ती तिमिल्सेना, कोषाध्यक्ष नेत्र गैरे, सदस्यहरु दयाराज न्यौपाने, खेमराज पाण्डेय, सिर्जना बोहोरा, पवित्रा पराजुलीलगाएतले शुभकामना व्यक्त गर्नुभयो ।