विजयकुमार बौडेल –
१५ भाद्र – पाल्पामा २ सय ३ औं रणउज्जेश्वरी भगवती जात्रा मनाउने तयारी गरिएको छ । यहि भाद्र २१ गते तानसेनमा भगवती जात्रा मनाउने तयारी गरिएको हो ।
नेपाली वीरता र राष्ट्रियताको प्रतिकका रूपमा मुलुकभर चिनिदै आएको पाल्पाको भगवती जात्रा मनाउन आयोजक समिति तथा स्थानीय तहले तयारी गरिरहेका छन् । भगवती माताको रथ बजार परिक्रमा गराउन सहज होस् भनी तानसेन नगरपालिकाले सडकका खाल्डा खुल्डी पुर्ने काम गरेको छ । नगरपालिकाले साढे चार लाख रुपैंया बजेट विनियोजन गरेर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर रंगरोगन तथा सरसफाई कार्यमा समन्वय गरिरहेको छ । यसबर्ष अरु बर्ष भन्दा फरक तरिकाले जात्रा मनाउने र तयारी स्वरुप पेण्टिङको काम सम्पन्न भएको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । मन्दिरको सरसफाई तथा रंगरोगन गर्न दि फेमस महेन्द्र दल गणका कर्णेल भुपेन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
तत्कालीन पाल्पा गौँडाका तैनाथवाला कर्णेल उजिरसिंहले नेपाल–अंग्रेज युद्धमा जानुअघि भगवती मातासँग प्रार्थना गरी विजय प्राप्त होस् भन्दै भाकल गरेपछि सवै युद्धमा पराजय भोगेका नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेपछि भगवती जात्रा मनाउँदै आईएको छ ।