“कानुनले काम गरिरहेको अवस्थामा राजनैतिक दल चुप लाग्नुपर्छ” : महामन्त्री शर्मा

विजयकुमार बौडेल
१२ भाद्र – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गरिरहेको अवस्थामा राजनैतिक दल चुप लाग्नुपर्ने बताउनुभएको छ । नेता शर्माले राजनैतिक दलले कानुन बनाउने भन्दै अनुसन्धानमा सघाउँदै आफ्ना भन्नेलाई जोगाउन कांग्रेस नलाग्ने बताउनुभयो । शर्माले राज्य अदालतको निर्णय अनुसार चल्ने बताउनुभयो ।

पाल्पाको रामपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले बजेटमा कतिपय कामहरु बाह्य सहयोग बाट हुने गरि विनियोजन गरिएको भन्दै नेपालमा भित्रिने पैसा भन्दा नेपाल बाट बाहिरिने पैसा बढी भएकाले आन्तरिक ऋण लिनुपर्ने अवस्था आएको बताउनुभयो । ऋण तिर्नको लागि मितव्ययी भएर अहिलेको सरकार लागेको भन्दै शर्माले चाहे अनुसारको विकास निर्माणका काम हुन नसकेको बताउनुभयो ।

कतिपय कुराहरु सरकारले कटौति गरेको र केहि फजुल खर्च गरेको भन्ने कुरा आए पनि त्यसलाई नियन्त्रण गर्ने प्रयासमा सरकार लागेको शर्माले बताउनुभयो । “यद्यपी अर्थतन्त्र सवा बर्ष अगाडीको जस्तो धरासायी अवस्थामा छैन ।” नेता शर्माले भन्नुभयो, “बजारमा नैराश्यताको अवस्था आउनुपर्ने छैन ।”

देशको जुनसुकै स्थानमा नेपालीहरु मिलेर बसेको भन्दै नेता शर्माले हरेक स्थानमा फरक फरक धर्मावलम्बी बसेपनी एक धर्मावलम्बीहरुले गरेको कर्मले अर्का धर्मावलम्बीहरुलाई ठेस पुग्न नहुने बताउनुभयो । सबै धर्मलाई समान भनेपनी धरानको घटनाले धेरै संख्यामा रहेका हिन्दुहरुलाई चोट पुगेको शर्माले बताउनुभयो । धार्मिक विवादको अन्त्य गर्न सबै दलहरु एक ठाउँमा भएको नेता शर्माले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय