विजयकुमार बौडेल –
११ भाद्र – नेकपा (माओबादी केन्द्र) बगनासकाली गाउँ कमिटिको बैठक सम्पन्न भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रको घरघरमा माओवादी, जनजनमा माओवादी अभियान तिन महिने अभियान तयारी बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजलले अभियानमा सबै नेता कार्यकर्ताहरु ग्रामिण क्षेत्रका जनता संग भेटाघाट गरि माओवादीलाई ०६४ को अवस्थामा ल्याउन लागिपर्न निर्देशन दिनुभयो । नेता सिजलले माओवादी सरकारले गरेका भ्रष्टाचार विरोधी कामहरुको प्रचारप्रसार गर्न अनुरोध समेत गर्नुभएको गाउँ कमिटिका उपाध्यक्ष खुम बहादुर विकले जानकारी दिनुभयो ।
बैठकमा पार्टी जिल्ला संयोजक राजेन्द्र बिक, सचिब मथुरा ढकाल, संविधान सभा सदस्य तुलसा रानालगायतले माओवादी अभियानलाई सफल बनाउन नेता कार्यकर्ताहरु ईमान्दार भएर लाग्नुपर्ने बताउनुभयो । बैठकमा पार्टी केन्द्रले लिएको रुपान्तरणको अभियान वडा स्तरमा कार्यान्वयन गर्नको निम्ति गाउँ कमिटी सदस्यहरुको कार्यबिभाजन गरिएको गाउँ कमिटि सचिव दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।
बैठकले १५ गते सम्म सबै वडाको बैठक सम्पन्न गर्ने र १६ गते बगनासकालीका ४ वटा वडाबाट अभियानको उद्घाटन गर्ने निर्णय समेत गरेको गाउँ कमिटि अध्यक्ष कृष्ण भुषालले जानकारी दिनुभयो ।