विजयकुमार बौडेल –
८ भाद्र – स्वास्थ्य बीमा बोर्डले पाल्पाको लुम्बिनी मेडिकल कलेज र यूनाईटेड मिसन अस्पताललाई बीमा सूचि बाट हटाएको छ ।
स्वास्थ्य बीमा बोर्डले पाल्पाका दुई अस्पतालसहित देशभरका २६ अस्पताललाई सेवा प्रदायक संस्थाको सूचिबाट हटाएको हो । स्वास्थ्य बीमा बोर्ड संग विभिन्न विभिन्न मितिमा सम्झौता गरेका अस्पतालहरुले सम्झौता मिति अगावै सेवा स्थगन गरेको सुचना टाँस गरेको र सम्झौता मिति समाप्त भएका तथा नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई बीमा सूचि बाट हटाएको बोर्डले जनाएको छ ।
साउन ३२ गते बसेको बोर्डको बैठकले पाल्पाका दुई सहित देशभरका विभिन्न २६ अस्पताललाई सेवा प्रदायक संस्थाको सूचिबाट हटाएको हो । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाण्डौले एक सुचना जारी गर्दै अस्पतालहरुलाई सेवा सूचि बाट हटाएको जानकारी दिएको हो ।