रिब्दीकोटको बार्षिक प्रगति समिक्षा

विजयकुमार बौडेल

३२ साउन – रिब्दीकोट गाउँपालिकाले बार्षिक प्रगति समिक्षा सम्पन्न गरेको छ । पालिकाले आर्थिक बर्ष ०७९/८० का योजना तथा कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गरेको हो ।

कार्यक्रममा विषयगत शाखाका प्रमुखहरुले आआफ्ना शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रशासन शाखाका प्रमुख रुकलाल भट्टराई, शिक्षा यूवा तथा खेलकुद शाखाका प्रमुख मणि खनाल, प्राविधिक तथा पुर्वाधार शाखाका ईन्जिनियर पुरन कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै आर्थिक प्रशासन शाखाको प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल, पञ्जिकरण सेवा ईकाईका सिर्जना नेपाल, प्रधानमन्त्री रोजगार कार्यक्रमका दुर्गा पछाँई, पशु विकास शाखाका गिता नेपाली र आयूर्वेद औषधालयका प्रमुख डाक्टर रोमहर्ष नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमाथी सहभागीले प्रश्न, जिज्ञासा र सुझाव दिएका थिए भने विषयगत शाखा प्रमुखहरुले प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफ्नो कार्यकालको पहिलो बर्ष उत्साहजनक रुपमा वितेको भन्दै आगामी बर्ष थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष कार्कीले गाउँपालिकाले अघि सारेको योजना तथा कार्यक्रम सम्पन्न गरि सफल गाउँपालिका बनाउन कर्मचारीहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले सहभागी र प्रतिवेदन प्रस्तुत गर्ने शाखा प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । अधिकारीले कर्मचारीको मनोबल वृद्धि गर्न गाउँपालिका सधै सकारात्मक भएको समेत बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय