प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटो बनाउन रिब्दीकोटको एक करोड

विजयकुमार बौडेल

२६ साउन – रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटो बनाउन एक करोड रुपैंया बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले स्वास्थ्य केन्द्र सम्मको सहज पहुँचका लागि एक करोड रुपैंया बजेट विनियोजन गरेको हो । हार्थोक छहरा सडकखण्ड देखी करिब ११०० मिटर दुरी रहेको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसम्म जाने बाटो कालोपत्रे हुने भएको हो । रिब्दीकोट गाउँपालिका वडा नं. ३ मा अवस्थित खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र (PHC) जाने बाटोको आर्थिक बर्ष २०८०/०८१ मा कालोपत्र सम्पन्न गर्नेगरी काम सुरु भएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।

गाउँपालिकाले भदौको पहिलो हप्ता ठेक्का आव्हान गर्ने गरी प्राविधिक लागत सहितको स्टिमेट शुरू गरेको छ ।
स्थानीय सुर्य प्रसाद नेपालले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेकोमा स्थानीय सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालले बिरामी ल्याउन लैजान असहज भैरहेको बेला बाटो पिच हुने भएपछी सबैलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

रिब्दीकोटको प्रमुख स्वास्थ्य केन्द्रको रुपमा रहेको खस्यौली स्वास्थ्य केन्द्रलाई सबै नागरिकको पहुँचमा पुर्याउन विभिन्न सेवाहरु प्रदान गरिँदै आएको रिब्दीकोट स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो । बाटो पिच भएपछी आउने जाने विरामीहरुलाई थप सहज हुने अधिकारीले बताउनुभयो ।

स्थानीय नागरिकहरुलाई उपचार गर्नको लागी रिब्दीकोटले स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित गराउँदै लगेको वडाध्यक्ष नारायण बहादुर केसीले बताउनुभयो । खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटो पिच गर्नका लागि रिब्दीकोट गाउँपालिकाले विनियोजन गरेको यो बजेट पालिकाको ठुला योजनामध्ये एक रहेको गाउँकार्यपालिका सदस्य सुनिल बस्यालले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय