हार्थोक छहरा मोटरबाटो मर्मत गर्दै रिब्दीकोट

विजयकुमार बौडेल

२६ साउन – रिब्दीकोट गाउँपालिकाले हार्थोक छहरा मोटरबाटो मर्मत सुरु गरेको छ । निकै अप्ठेरो र जिर्ण अवस्थामा रहेको मोटरबाटोको गाउँपालिकाले मर्मत सुरु गरेको हो ।

रिब्दीकोट गाउँपालिकाले हार्थोक छहरा मोटरबाटो सडकखण्डको मैदिया सम्म ममर्त सुरु गरेको हो । सडकमा बर्खाको भेलले खोलेका सानाठुला खाल्डाखुल्डीका कारण यात्रुलाई निकै सास्ती भएको महसुस गरि मर्मत थालेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।

कुल ८ किलोमिटर क्षेत्र रिब्दीकोट गाउँपालिकाको पर्ने यस सडकमा दुईवटा जेसीबी र ४ वटा टिप्पर प्रयोग गरि खाल्डाखुल्डी सम्याउने काम भईरहेको छ । करिब ८ लाख रुपैंयाको लगानीमा सडक मर्मत भईरहेको गाउँ कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक सुनिल बस्यालले बताउनुभयो ।

सडकका खाल्डाखुल्डी पुरिएपछी यात्रा गर्न सहज भएको यात्रुहरुले बताएका छन् । “पहिले गाडीमा हिँड्दा निकै गाह्रो हुन्थ्यो, खाल्डामा गाडी फँसेर विजोग हुन्थ्यो ।” रिब्दीकोट ७ बिरौदीका भिम बहादुर ठडराईले भन्नुभयो – “हुन त पिच नै भएको भए निकै जाती हुन्थ्यो, तर यत्तिको मर्मत हुँदा पनी निकै सहज भएको महसुस गरेका छौं । गाउँपालिका सरकारलाई धन्यवाद छ ।”

प्रदेश सरकारले हेर्ने सडक भएपनी आफ्नो क्षेत्रका नागरिकको सास्ती देखेर सडक मर्मत गरेको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो । नागरिकले निकै दुख कष्ठ भोगेको देखेर सडक मर्मत गरेको अधिकारीले बताउनुभयो । सडक मर्मतमा ३ जना लेन्थ वर्करहरु पनी खटाईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय