दलित जनप्रतिनिधीको जिल्ला संयोजकमा गन्धर्व

पाल्पा जिल्लाको दलित कार्यपालिकाका सदस्य एवम वडा सदस्यहरूको भेलाले दलित जनप्रतिनिधिहरूको पाल्पा जिल्ला संयोजकमा तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिनेश गान्धर्व चयन हुनुभएको छ । शनिबार तानसेन नगरपालिकामा भएको कार्यक्रममा उहाँ चयन हुनुभएको हो ।

सोही कार्यक्रम अवसरमा पाल्पा जिल्लाका दलित जनप्रतिनिधिहरू,जिल्लाका दलित अगुवा र पत्रकारहरू बिच एक दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रम तानसेन नगरपालिकाको आर्थिक सहयोग र भैरब खबर मिडिया प्रालीको आयोजना भएको हो । अन्तक्रिर्यामा पाल्पा जिल्लामा दलित समुदायका नागरिकहरूको अवस्था,समस्या,दलित समुदायका नागरिकहरूको उत्थानका लागि दलित कार्यपालिका सदस्यहरूको काम कर्तव्य अधिकार,स्थानीय तहमा दलित जनप्रतिनिधिहरूको भुमिकाका बारेमा छलफल गरिएको थियो ।

जस्को जिल्ला सहसंयोजकमा तेज प्रसाद रसाइली रहनु भएको छ । सदस्यहरूमा तानसेन नगरपालिकाबाट मन्जु विक,लक्ष्मी बि क,संजय घले,पुर्वखोला गाउँपालिकाबाट राजु परियार,रम्भाबाट नानू कुमारी गन्धर्व,माथागढीबाट सर्मिला सुनार,रिब्दीकोटबाट गिता कौशल,नरेन्द्र सुन्धौली,रैनादेबी छहराबाट महेश बराल,तिनाउबाट सन्तोष दर्नाल,छवि गहतराज सहित १५ सदस्य तर्दथ समिति गठन भएको छ ।

कार्यक्रमका दलित अभियान कर्ता राजेन्द्र विक,तिर्थ गौतम,कृष्ण गहतराज,मिलन विक,बिष्णु बम्रेल,अनिल समरखाती,बसन्त गहतराज लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

निर्वाचित जिल्ला संयोजक दिनेश गन्धर्वले दलित समुदायका नागरिकहरूको हक हित र अधिकारको लागि आवाज बुलन्द गर्ने बताउनुभयो । आगामी दिनमा पाल्पा जिल्लाका १० वटै स्थानीय तहमा संगठन विस्तार गरि जिल्लामा दलित समुदायका नागरिकहरूको समस्यालाई खोजी गरि त्यस्लाई निवाकरणका लागि प्रयास गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका कार्यपालिका सदस्य मन्जु विकको सञ्चालन र स्वागत कार्यपालिका सदस्य अनु रामधामले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय