जनता संगै श्रमदानमा जुट्ने तिनाउ कचलका वडाध्यक्ष चिदी

विजयकुमार बौडेल

३१ असार – तिनाउ गाउँपालिका वडा नं. १ कचलका वडाध्यक्ष भुवान सिंह चिदी बर्षादको समयमा धेरैजसो समय टोलटोलका जनताहरु जुटाएर बिग्रेको बाटो बनाउन कोदालो बोकेर आफै खटिनुहुन्छ ।

श्रमदानको महत्व बुझाउँदै आफै गैंटी, कोदालो र बेल्चा लिएर बिग्रेको बाटो बनाउन चिदी लागिपर्नुहुन्छ, नागरिकहरु उहाँका पछिपछि लाग्छन् । जव बर्षातको समय सुरु हुन्छ, चिदीको दिनचर्या बाटोको रेखदेखमै बित्छ । नागरिकहरु आआफ्नो टोलमा रहेको बाटोको पहिरो सफा गर्छन् तर वडा अध्यक्ष चिदी सकेसम्म सबै टोलमा पुग्नुहुन्छ र श्रमदान गर्दै अन्य नागरिकहरुलाई पनि श्रमदानको महत्व बुझाउनुहुन्छ ।

बर्षातको समयमा पहिरोले बाटो अवरुद्ध भएपछि त्यो खोल्नको लागि प्राविधिकको ईष्टिमेट, निर्णय र बजेट कुर्दा हप्तौं समय लाग्न सक्ने भन्दै सकेसम्म स्थानीयको पहलमा सानातिना काम हुनुपर्ने चिदीको भनाई छ । हरेक काममा स्थानीय सरकारको भर पर्दा नागरिकहरुमा सामाजिक भावना र श्रमदान गर्ने बानी हराउँदै गएको चिदीले बताउनुभयो ।

चिदीले तिनाउ गाउँपालिका वडा नं. १ कचलका नागरिकले श्रमदान गरेरै धेरै सडक खुलाउने काम भएको बताउनुभयो । चिदीले “आफ्नो टोलको बाटो आफै सफा गरौं” भन्ने अभियानमा वडाका नागरिकहरुले साथ दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

“आफै कोदालो बोकेर खटिएपछि जनतापनि खुसी भएर श्रमदानमा लाग्दा रहेछन् । जनप्रतिनिधी नै काममा खटिएपछि नागरिकहरु पनि खुसी भएका छन् । चुरे क्षेत्रमा बाढीपहिरो बढी जाने हुनाले जनताहरु जतिबेला पनि श्रमदानका लागि तयार हुनुपर्छ ।” चिदीले भन्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय