रिब्दीकोटको १३ औं गाउँसभा सम्पन्न

३ साउन – रिब्दीकाेट गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न भएको छ । मंगलबार बसेको सभाको चोथो बैठकले सभाको अन्त्य गरेको हो। सभाबाट आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ५३ करोड ६८ हजारको बजेट पारित गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले प्रस्तुत गरेको बजेटलाई सभाका बैठकमा छलफलपछि पारित गरिएको हो ।

संघीय सरकार वित्तीय समानीकरण अनुदान ८ करोड ४९ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ७ करोड ९३ लाख ३६ हजार ४ सय, संघीय सरकारको समपुरक अनुदान ७५ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, संघीय सरकार ससर्त अनुदान २६ करोड २८ लाख छ ।

संघीय सरकारको ससर्त अनुदानअन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु, नवीकरणीय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगेपुल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणमा खर्च हुनेछ ।

प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५९ लाख १८ हजार, राजस्व बाँडफाँड ४४ लाख ३८ हजार, समपुरक अनुदान १ करोड, प्रदेश सरकार विशेष अनुदान ६० लाख, प्रदेश सरकारकै ससर्त अनुदान ८६ लाख ५० हजार, गाउँपालिकाको आन्तरिक स्रोतबाट ७३ लाख ७७ हजार, जलविद्यूत् रोयल्टी, खानी तथा वन रोयल्टीबाट अनुमानित ४० लाख, चालु आर्थिक वर्षको बचत हुने रकम १ करोड ५० लाख तथा अन्य विविध आम्दानी र संघसंस्था सहयोगबाट १ करोड ३६ लाख ९७ हजार रहेको गाउँपालिका उपाध्यक्ष अधिकारीले बताइन् । चालु खर्च ६७ दशमलव ६० र पुँजीगततर्फ ७६ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए ।

यसैबीच पालिकाले सभाको समापनको अवसरमा पालिकामा विभिन्न रुपमा सहयोग गर्ने संस्था, व्यक्ति तथा पालिकाका उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको छ।

गाउँपालिकाले एक वर्षअघि सुरु भएको ‘म बनाउँछु मेरो रिब्दीकोट’ स्वयंसेवी अभियानमा सहयोग गर्ने निर्वतमान गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले कृषितर्फ अकबरे खुर्सानीको व्यवस्थापन, विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल पाल्पालाई सम्मान गरेको हो ।

अभियानमा सहयोग गर्ने कर्मचारीहरु अधिकृत छैठौं विष्णुप्रसाद ढकाल, रोजगार संयोजक दुर्गा पछाई थापा, कुसुमखोलाका वडासचिव सुमन रेश्मीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती, गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले सम्मान गरेका हुन् ।

अभियानअन्तर्गत सरसफाई, स्वास्थ्य शिविर, वडा वडामा सरसफाई, कृषि, पशुपालन, भौतिक पूर्वाधार निर्माण लगायतमा स्वयंसेवी भावनाले २१ लाखभन्दा बढीको श्रमदान भइसकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय