जन्मदिनका अवसरमा विद्यालय क्षेत्रमा सचेतना बोर्ड

विजयकुमार बौडेल

२७ असार – पाल्पाका एक युवाले सामाजिक काम गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । पाल्पाको तानसेन नगरपालिका वडा नं. ८ मदनपोखराका सुधिर सोमैले विद्यालय क्षेत्रमा गति सिमित बोर्ड लगाएर आफ्नो जन्मदिन मनाउनुभएको हो ।

हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा सामाजिक काम गरेर मनाउन पाउँदा निकै खुशी लागेको सोमैले बताउनुभयो । सोमैले यस अघिका जन्मदिन पनि विभिन्न सामाजिक काम गरि मनाउनुभएको थियो । आफुले गरेको सानो कामले विद्यालय क्षेत्रमा विद्यार्थीहरु सुरक्षित हुन् भन्ने उद्देश्यले विद्यालय क्षेत्रमा गति सिमितको बोर्ड लगाएको सोमैले बताउनुभयो ।

विद्यालय क्षेत्रमा सवारिको अधिक गतिले विद्यार्थीहरुको भिडभाड हुँदा दुर्घटना हुन सक्ने जोखिमलाई कम गर्न सोमैले विद्यालय क्षेत्रमा गति सिमित सचेतना बोर्ड राखेको बताउनुभयो । सोमैले तानसेन ८ मदनपोखराको सारदा माध्यमिक विद्यालय नजिकै सवारी साधनलाई गति सिमित गर्न सचेत गराउने बोर्ड राख्नुभएको हो ।

सचेतना बोर्डले गर्दा सवारीहरुलाई नजिकै विद्यालय भएको जानकारी हुने र त्यसले गर्दा दुर्घटना हुने संभावना कम हुने स्थानीयले बताएका छन् । सोमैले आगामी जन्मदिनहरु पनि सामाजिक कार्य गरेर मनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय