पाल्पाका लघुवित्तद्धारा सुरक्षाको माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विजयकुमार बौडेल

११ असार – पाल्पा जिल्लाका लघुवित्त वित्तिय संस्थाहरुले शान्ति सुरक्षाको प्रवन्ध गरिपाउँ भन्दै प्रधानमन्त्री समक्ष पेश गर्न जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् ।

पाल्पामा क्रियाशिल लघुवित्तका प्रमुख तथा प्रतिनिधीहरुले शान्ति तथा शुरक्षाको प्रबन्ध माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । नेपाल राष्ट्र बैंकद्धारा घ वर्ग ईजाजतपत्र प्राप्त लघुवित्तहरुले ३० बर्षदेखी नेपालको गरिबी न्यूनिकरण, वित्तिय पहुँच, महिलाहरुको शसक्तिकरणलगाएतमा महत्वपुर्ण योगदान गरेको भन्दै लघुवित्तकर्मीहरुले पछिल्लो समय असुरक्षा बढेको बताएका हुन् ।

ज्ञापन पत्रमा “लघुवित्त वित्तिय संस्थाहरु विरुद्ध “लघुवित्त वित्तिय संस्थाहरु विरुद्ध संघर्ष समिति नामको अवैधानिक समुह खडा गरि सुनियोजित तवरले वित्तिय संस्था जस्तो अति संवेदनशिल क्षेत्रमा आन्दोलन गरि कार्यक्रममा अवरोध सिर्जना गर्ने कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचारप्रसार गर्ने वित्तिय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तिय संस्थाको कार्यालयमा ताल्चा लगाउने यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्कि दिई मनोबल कमजोर गराउने, कर्मचारीहरु माथी हातपात गर्ने, रकम लुटपाट गर्ने, सोझा साझा सदस्यहरुलाई वित्तिय सेवा उपयोग गर्न बाधा पुयाई लघुवित्त कार्यक्रमलाई नै धरासायी गराउने जस्ता कानुन विपरित कार्य गतिविधि भईरहेको व्यहोरा सम्माननिय प्रधानमन्त्रीज्यूमा जानकारीका लागि अनुरोध गर्दछौं ।” भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले ज्ञापनपत्र सम्बन्धित स्थानमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । बास्तोलाले ऋण उठाउने काम बिहान साँझमा भन्दा दिउँसोको समयमा गर्न अनुरोध गर्दै केही असुरक्षाको महसुस भए या धम्की आए नजिकैको प्रहरीमा उजुरी दिन अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय