पत्रकार महासंघ पाल्पाको शुद्धिकरण, २५ जनाको नविकरण नहुने

विजयकुमार बौडेल

५ असार – नेपाल पत्रकार महासंघ पाल्पा शाखाको बैठकले सदस्यता शुद्धिकरण गरेको छ ।

शाखा कार्यालय भवन मेहल्धारामा बसेको बैठकले अन्य विभिन्न क्षेत्रमा सक्रिय २५ जना सदस्यको नविकरण नगर्ने निर्णय गर्दै सदस्यता शुद्धिकरण गरेको हो । कार्यसमितिको बैठकले केन्द्रिय निर्देशन भन्दा केही लचिलो बन्दै सदस्यता शुद्धिकरण गरेको हो ।

बैठकले राजनैतिक दलका पदाधिकारि तथा जिल्ला सदस्य, स्थाई शिक्षक तथा कर्मचारी, विदेशमा रहेक सदस्यहरु र स्वघोषणा मार्फत सदस्यता त्यागेका सदस्यहरुको नविकरण नगर्न प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । यसभन्दा अघि नेपाल पत्रकार महासंघ पाल्पा शाखामा ९६ जना सदस्य रहेका छन् । शुद्धिकरण पछि ७१ जना सदस्य कायम रहने पत्रकार महासंघ पाल्पा शाखाले जनाएको छ ।

कार्यसमितिको बैठकमा सबै सदस्यहरुको सहमती नभएपछी बहुमतका आधारमा सदस्यता शुद्धिकरणको निर्णय गरेको हो । बैठकले १२ जना स्थाई शिक्षक तथा कर्मचारी, २ जना राजनैतिक दलका पदाधिकारी, ४ जना विदेशमा रहेका सदस्य र ७ जना स्वेच्छिक रुपमा सदस्यता त्याग गरेका व्यक्तिहरुको नविकरण नगर्ने निर्णय गरेको हो । बैठकले स्वेच्छिक रुपमा सदस्यता त्याग गरेका व्यक्तिहरुलाई सम्मान गर्ने समेत निर्णय गरेको छ ।

बैठकले असार ७ गते दिउँसो १ बजे सम्म जिल्ला शाखामा आफ्नो तथा अर्काको दावी विरोध गर्ने समयसिमा समेत तोकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय